माओवादीको सशस्त्र द्धन्द्धमा मारिएका थप तीन हजारलाई पनि शहीद घोषणा गर्दै दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन विद्रोही माओवादीको हित्सात्मक द्धन्द्धमा मारिएका थप करिव ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने बताएका छन् । 

शहीद प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिव तीन हजारलाई पनि छिट्टै शहीद घोषणा गर्नका लागि मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए । 

Advertisement

त्यस क्रममा प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए । आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको पनि उनले बताए । 

दाहालले सरकारले जनयुद्धमा शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको बताए । उनले भने, ‘यहाँ छुट भएका केही म तपाईहरुलाई जानकारी गराउन चाहन्छु झन्डै तीन हजार छुट भएकाको शहीद घोषणा चाहिँ फेरि क्याविनेटबाट निर्णय भइसकेको छ । गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ । त्यसो गर्दा अर्को तीन हजार छुट भएका शहीदहरु पनि राष्ट्रिय शहीदमा घोषणा, दर्ता भई नै सकेको छ । 

दाहालले थपे, ‘त्यहाँ अव हामी दुविधानमा बस्नुपर्दैन । अझै केही छुट भएको छ भने हामीले त्यो छुट भएको बाँकिको पनि लिस्टिङ गर्दैछौं । त्यसलाई पनि घोषणा गरिन्छ । म सबै शहीद र बेपत्ता परिवारका सदस्यहरुलाई पनि भन्न चाहन्छु–यो निर्णय आफैंमा सामान्य निर्णय होइन । यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ । युद्धलाई सम्मानित गरेको छ । र, शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा सम्मानित गरेको छ । र, हामी बाँचेकाहरुको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ ।’

प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपक्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताए । यसरी शहीद घोषणा गरेकाहरुलाई सरकारले रु. १० लाख रुपियाँ क्षतिपूर्ति दिने गरेको छ । 

Advertisement

Advertisement