तराईमा हुस्सु, चार प्रदेशका पहाडी भेगमा हिमपातको सम्भावना

Advertisement

काठमाडौं । आज सोमबार देशका केही भू–भागमा हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना भने देखिएको छैन । 

विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

Advertisement

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी, राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । 

हुस्सु, कुहिरो तथा चिसो दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुने भन्र्द विभागले यसबाट बच्न पनि आग्रह गरेको छ । 

Advertisement

Advertisement