आईएसएमटी कलेजबाट दिक्षित भए ३१९ विधार्थी

Advertisement

काठमाडौं । काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी (इन्टरनेशनल स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी) को दिक्षान्त समारोह सम्पन्न भएको छ । 

गत शुक्रबार बेलायती राजदूत रोब फेनको प्रमुख आतिथ्य र सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि र अभिभावकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई) उत्तीर्ण  ३१९ विधार्थी दिक्षित भएका छन् । 

Advertisement

उक्त समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विधार्थीहरुलाई यूनिभर्सिटीले विशेष अवार्ड समेत प्रदान गरेको थियो ।

undefinedआईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाटै सम्बन्धन प्राप्त बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई), बीएस्सी (एचओएनएस) साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिस र एमबीए कार्यक्रम सञ्चालक गरिरहेको कलेजका बिजनेश डेभलपमेन्ट हेड वासुदेव वस्तीले जनाएका छन् । 
 

Advertisement

Advertisement