पाकिस्तानका लोकप्रिय नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई १० बर्ष जेल सजाय

Advertisement

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं लोकप्रिय नेता इमरान खानलाई त्यहाँको एक अदालतले १० वर्षको जेल सजाय सुनाइएको छ । पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई पनि सोही सजाय सुनाएको छ । 

मंगलबार रावलपिण्डीको विशेष अदालतका न्यायाधीश अबुल हसनत जुल्करनैनले यस्तो सजाय सुनाएका हुन् । राज्यका गोप्य सूचना चुहाएको आरोपमा उनलाई जेल सजाय सुनाएको हो । उनीहरु पाकिस्तान तेहरिक ए इन्सफ पार्टीका नेता हुन् ।

Advertisement

खानले भने आफूमाथिको आरोप अस्वीकार गर्दै पूर्वाग्रहपूर्ण तरिकाले आरोप लगाइएको बताएका छन् । उनले आफूमाथि लागेका सबै आरोप राजनीतिक उद्देश्यप्रेरित रहेको बताएका छन् । खानको पक्षमा पाकिस्तानका बहुसंख्यक जनता देखिन्छन् । 

यसअघि खानलाई भ्रष्टाचारमा तीन वर्ष जेल सजाय सुनाइएको थियो । उनी हाल काराबासमा छन् । आउँदो महिना हुन लागेको चुनावमा हुन खान र उनको पार्टीलाई अगाडि आउन नदिन सरकारी पक्ष र सेनाले यो खालको मुद्दा लगाउने प्रयास गरेको आरोप लाग्ने गरेको छ । 

Advertisement

Advertisement