काठमाडौंमा सुरु भयो ‘मुस्ताङ फेस्ट’

Advertisement

काठमाडौं । राजधानीमा पहिलो पटक ‘मुस्ताङ फेस्ट’ आयोजना भएको छ । कार्यक्रम शनिबारसम्म चल्ने छ । तारागाउँ संग्रहालयमा ‘मुस्ताङ फेष्ट’को मुस्ताङका नेपाली कांग्रेसका नेता नामदु गुरुङ र अमेरिकी दूतावासका प्रतिनिधिले उद्घाटन गरेका हुन् । 

‘मुस्ताङ फेष्टले काठमाडौंमा मुस्ताङ क्षेत्रको संस्कृति र सम्पदा झल्काउने विभिन्न गतिविधि र प्रस्तुतिहरु, परम्परागत र धार्मिक नृत्य, संगीत, कला प्रदर्शनी र खानाका अनुभवहरु समावेश हुने लो मुस्ताङ वेलफेयर ट्रस्टका अध्यक्ष छिरिङ फोनजो गुरुङले जानकारी दिए । 

Advertisement

फेष्टमा १८ वटा स्टलहरु राखिएको छ । लो मुस्ताङ वेलफेयर ट्रस्टले विशेष गरी लो मुस्ताङ क्षेत्रका जनताका लागि विशेष गरी विपन्न, असहाय, बिरामी र एकल व्यक्तिहरूका लागि मानव पीडा कम गर्ने र समग्र सामाजिक सुधार गर्ने उद्देश्यले कल्याणकारी पहलहरूलाई समर्थन गर्न स्थापना गरिएको गैरनाफामूलक संस्था हो ।

Advertisement

Advertisement