देश लथालिङ्ग भयोः पूर्वअर्थमन्त्री पौडेल

Advertisement

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् । शनिवार रुपन्देहीमा आयोजित एक कार्यक्रममा उनले देश लथालिङ्ग भएको बताएका हुन् । 

पौडेलले अहिले देशको राजनीति बिग्रिरहेको बताउँदै राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने बताए । उनले सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिङ्ग र भताभुंग भएको बताए । 

Advertisement

पौडेलले भने ‘देश धेरै अफ्ठ्यारो अवस्थामा छ । देशले धेरै ठूलो सफर गरिरहेको छ । म यहाँहरुलाई बताउन चाहन्छु । जबसम्म राजनीति संग्लो हुँदैन । तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन । अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुङ्ग भएको छ । यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौति र परिस्थिति छ ।’

उनले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको बताए । 

Advertisement

Advertisement