एमाले धादिङ अधिवेशनमा कुटाकुट, कार्यकर्ताको हातै भाँचियो

Advertisement

काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । कुटपिटबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको बताइएको छ । 

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा तनाव उत्पन्न बनेको थियो । 

Advertisement

त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का भएको जनाइएको छ ।  

शुक्रबारदेखि सुरु भएको एमाले धादिङ जिल्ला अधिवेशनमा सोही साँझ बसेको कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज, नीतिगत निर्णयलगायतका विषयमा छलफल भएको थियो ।  हिजो (शनिबार) बन्दसत्रको सुरुवाटबाट नै अघिल्लो दिनभन्दा बढी असहज बनेको थियो । 

बन्दसत्रमा प्रवेश गर्नुअगाडि प्रतिनिधि निक्र्यौल गर्ने विषयमा समेत अन्योलता कायम रहेको देखिएको एमाले नेताहरूले बताएका छन् । त्यति हुदाँहुँदै पनि पटकपटक वार्ता, छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुचारु गर्ने प्रयास गरिएपछि सफल हुन सकेन । परिस्थिति अशान्त र असहज बनेपछि एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले विज्ञप्ति निकालेर जिल्ला अधिवेशन स्थगित भएको बताएको छ । 

null

 

Advertisement

Advertisement