एमालेको धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँचियो

Advertisement

काठमाडौं । नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनमा कुटाकुट हुँदा एक जनाको हात भाँचिएको छ । प्रतिनिधि मनोनयमा विवाद बढ्दै गएर कुटाकुटको स्थिति बनेको हो । 

कुटाकुट हुँदा सन्तोष खनालको हात भाँचिएको सो पार्टीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र सुरू हुनुपूर्व विवाद र कुटाकुट भएको थियो । 

Advertisement

प्रतिनिधि चयनको विषयमा यसअघिदेखि नै विवाद रहेकोमा आज भने त्यो बढ्दै गएर कुटाकुटको स्थिति बनेको हो । कुटाकुटपछि अधिवेशन अनिश्चित कालका लागि स्थगित गरिएको छ । 

Advertisement

Advertisement