‘अव्यावहारिक’ कर खारेजीको विरोधमा आज देशभरका सिनेमा हल बन्द

Advertisement

काठमाडौं । आज देशभरका सबै सिनेमा हल बन्द हुने भएका छन् । सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार देशभरका हल बन्द भएका हुन् । 

संघले मूल्यअभिवृद्धिबाहेक ‘अव्यावहारिक’ कर खारेजीको माग गर्दै सांकेतिक विरोधस्वरूप एक दिन हल बन्द गर्ने निर्णय गरेको हो । 

Advertisement

सरकारको अव्यावहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क) का कारण चलचित्र व्यवसायी धराशायी हुने अवस्थामा पुगेको भन्दै सञ्चालकले हल बन्द गर्न लागेका हुन् । 


३३ प्रतिशतभन्दा धेरै कर लगाउँदा हल बन्द हुने अवस्थामा पुगेको सञ्चालकहरूले बताउँदै आएका छन् ।

Advertisement

Advertisement