स्वावलम्बन लघुवित्तका सबै सूचक नकारात्मक

Advertisement

काठमाडौं । स्वावलम्बन लघुवित्तको खुद नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा ८२.७० प्रतिशतले घटेर ४ करोड १५ लाख ६३ हजार रुपियाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा संस्थाले २४ करोड १ लाख ९५ हजार रुपियाँ नाफा आर्जन गरेको थियो ।

त्यसैगरी, खराब कर्जा पनि बढेको छ । गत आवको दोस्रो त्रैमाससम्म ७.१० प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर ११.३६ प्रतिशत पुगेको छ । 

Advertisement

खुद ब्याज ६.२३ प्रतिशतले घटेर ६६ करोड ६६ लाख १९ हजार रुपियाँ, सञ्चालन नाफा ८२.७० प्रतिशतले घटेर ५ करोड ९३ लाख ६४ हजार रुपियाँ पुगेको छ । 

गत आवको पुस मसान्तसम्म ४२.८१ रुपियाँ रहेको संस्थाको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ह्वात्तै घटेर ५.७३ रुपियाँमा खुुम्चिएको छ । 

Advertisement

Advertisement