आजको मौसम : कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही भू–भागमा हिमपातको सम्भावना  छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहे पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।  

बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

Advertisement

त्यसैगरी, दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

Advertisement

Advertisement