रुससँगको बन्दी आदान प्रदानमा १०० युक्रेनी स्वदेश फर्के
फाइल तस्बिर

Advertisement

कीएभ । रूससँगको नयाँ कैदी आदान प्रदान प्रक्रिया अन्तर्गत १०० युक्रेनी सुरक्षाकर्मी घर फर्केको युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले जनाएको छ ।  

स्वदेश फिर्ता गरिएकामध्ये ८० भन्दा बढी मारिउपुल सहर र अजोभस्टल स्टिल प्लान्ट संरक्षणका लागि लडेका सैनिकहरू रहेका छन् । 

Advertisement

यसबाहेक, डोनेट्स्क र लुहान्स्कमा लडाइँमा भाग लिने सिपाहीहरूलाई पनि बन्दी आदानप्रदान अन्तर्गत रिहा गरिएको छ । मुक्त भएकामध्ये कम्तीमा २८ जना गम्भीर घाइते भएका र गम्भीर रोगबाट पीडित रहेको छन् । 

युक्रेन र रूसबीच सन् २०२२ मार्चपछि ५१ पटक बन्दी आदानप्रदान भएको र यसअन्तर्गत रूस–युक्रेन द्वन्द्वमा बन्दी बनाइएका कूल तीन हजार १३५ युक्रेनीमध्ये धेरैलाई रिहा गरिएको छ । रासस–सिन्ह्वा 

Advertisement

Advertisement