हिमालय जेटको ‘होलिडेज पार्टनर’ अलफ्ट काठमाडौं, विश्वका होटल र डोमेस्टिक एयरलाइन्स जोडिने

Advertisement

काठमाडौं । बेलायतको लन्डनमा आधरित भएर अन्तर्राष्ट्रिय उडान गर्न लागेको हिमालय जेटले ‘होलिडेज पार्टनर होटल’सँग समझदारी गर्ने कार्यको सुरुवात नेपालको पाँचतारे अलफ्ट काठमाडौंबाट सुरु गरेको छ । 

सन् २०२४ बाट नै व्यवसायीक उडान सुरु गर्न लागेको हिमालय जेटले पहिलो ‘होलिडेज पार्टनर होटल’को रुपमा होटल म्यारियटअन्तर्गतको अलफ्ट काठमाडौंलाई छनौट गरेको हो । एयरलाइन्सले काठमाडौंका अन्य होटलहरुसँग पनि यस्तो समझदारी गर्दै जाने बताएको छ । अलफ्टसँगको समझदारीपत्रमा हिमालय जेटका अनर रिप्रेजेन्टिभ श्रीराम महत र होटलका महाप्रबन्धक विक्रम सिंहले हस्ताक्षर गरेका थिए । 

Advertisement


नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले सञ्चालनमा ल्याएको एयरलाइन्सले पहिलो उडान काठमाडौंमा गर्ने र हरेक साता तीन उडान सञ्चालन गर्ने तयारी थालेको छ । विश्वका ठूला शहर तथा पर्यटकीय गन्तव्यमा सर्वसुभलरुपमा उडान सेवा सञ्चालनको तयारी गरेको हिमालय जेटले नेपाल, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्विजरल्यान्ड, जापान, मकाओ, हङकङ, सिंगापुर, युएई, साउदी अरब, अस्ट्रेलियालगायत लामो दूरीका गन्तव्यमा ‘प्रिमियम’ सीधा उडान गर्ने जनाएको छ । 

साथै, एयरलाइन्सले आफ्नो यात्रुहरुलाई सुविधा दिन विभिन्न मुलुकमा हिमालय माइल्स स्किमअन्तर्गत होटल, क्लब, रेष्टुरेन्ट, लक्जरियस सिनेमा हल, डोमेस्टिक एयरलाइन्स, क्यासिनोहरुमा छुट र सुविधा उपलब्ध गराउने जनाएको छ । 

विश्वभर यात्रुहरुलाई होटलको चार हजार ‘किज्’ उपलब्ध गराउने योजनाअनुसार हिमालयले संसारभर आफ्ना होलिडेज् पाटर्नरलाई छनौट गर्न लागेको कम्पनीका प्रमुख दिपेन्द्र गुरुङको भनाई छ ।  

युरोपेली गन्तव्यलाई नेपाल र भारत जोड्ने गरी उडान सञ्चालन गर्न लागेको हिमालय जेटले यस्तो सीधा उडान गर्दा यात्रुको समय र खर्च ३० प्रतिशत जोगिने जनाएको छ । हिमालय जेटले यसअघि नेपाल र बेलायतका लागि जेनिथ ट्राभल्सलाई आफ्नो जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरेको छ । 

Advertisement

Advertisement