सरकारको सात महिना छ दिनको खर्च सात खर्ब नाघ्यो, आम्दानीभन्दा एक खर्ब बढी खर्च !

Advertisement

काठमाडौं । सरकारले सात महिना ६ दिनमा ७ खर्ब ८ अर्ब खर्च गरेको छ । चालु वर्षको सो अवधिमा सरकारले गतवर्षभन्दा २१ अर्ब ९५ करोड खर्च गरेको हो । 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सात महिना ६ दिनमा कुल प्राप्ति ६ खर्ब ३ अर्ब पुगेको छ। जसअनुसार प्राप्तिको तुलनामा खर्च १ खर्ब ५ अर्बले बढी रहेको छ । 

Advertisement

गत आर्थिक वर्षको तथ्यांकसँग चालु आर्थिक वर्षको तुलना गर्ने हो भने खर्च र प्राप्तिमा सामान्य वृद्धि देखिएको छ । खर्चमा २१ अर्ब ९५ करोडको वृद्धि देखिदाँ प्राप्तिमा ३७ अर्ब बढी देखिएको छ । 

गत आर्थिक वर्षको तुलनामा चालु वर्ष १० प्रतिशतको रास्व वृद्धिदर देखिएको छ । तर सरकारले सोचेअनुरुप राजस्व असुल हुन भने सकेको छैन । सरकारले बजारमा बढ्दो तरलता प्रवाह देखेसँगै धमाधम आन्तरिक ऋण उठाइरहेको छ । 

बाह्य ऋणको परिचालन गर्न नसक्दा महँगो ब्याजदरको आन्तरिक ऋण उठाइरहेको छ। सार्वजनिक ऋण व्यावस्थापन कार्यालयको तथ्यांक अनुसार सरकारको सार्वजनिक ऋण २४ खर्ब नाघिसकेको छ । 

Advertisement