अबको वसन्त ऋतुदेखि सगरमाथा आरोहण गर्न जानेहरुमा विद्युतीय चिप्स जडान गरिने

Advertisement

काठमाडौं । अबको वसन्त ऋतुदेखि सगरमाथा आरोहण गर्न जाने आरोहीहरुमा विद्युतीय चिप्स जडान गरिने भएको छ । पर्यटन विभागले विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्न जाने आरोहीहरुको लागि यो नियम लागू गर्न लागेको हो । 

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार अब सगरमाथा आरोहण गर्न जाँदा हरेक आरोहीले सरकारले उपलब्ध गराउने चिप्स लैजानैपर्ने हुन्छ । आरोहीहरुको हिमाल आरोहण गर्दा लगाइने ज्याकेटमा यो चिप्स जडान गरिएको हुन्छ । 

Advertisement

यसरी चिप्स जडान गर्दा आरोहणलाई सुरक्षित बनाउन सकिने, आपतकालिन अवस्थामा खोजी र उद्दार गर्न सहज हुने विभागको विश्वास छ । यस्तो चिप्सलाई १०–१५ अमेरिकी डलर पर्छ । यस्ता चिप्सहरु अन्तर्राष्ट्रिय बजारमा परीक्षण गरी गुणस्तरयुक्त मात्रै प्रयोग गरिने छ ।  

Advertisement

Advertisement