माधव नेपालका भान्जासमेत रहेका प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

Advertisement

काठमाडौं । प्रभु बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भन्जासमेत रहेका न्यौपानेले सेन्चुरी बैंकमा रहँदा ऋण हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । न्यौपानेसँगै प्रहरीले अरु ११ जनालाई पक्राउ गरेको छ । 

Advertisement

तत्कालिन सेन्चुरी बैंकमा न्यौपाने निमित्त सीईओ हुँदै सीईओ भएका थिए । प्रभु बैंकसँग उक्त बैंक मर्ज भएपछि उनलाई डेपुटी सीईओ बनाइएको थियो । न्यौपाने राष्ट्रिय बाणिज्य बैंकको सीईओ बन्ने तयारीमा लागेका थिए । 

न्यौपानेलाई प्रमु बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सेन्चुरी बैंकका तत्कालिन सीईओ तुल्सी गौतम पनि छन् । 

दुवै सीईओमाथि कमसल धितो राखेर कर्जा दिएको, धितो नै नराखी कर्जा दिएको, आरोप लागेको छ । यस कार्यमा बैंकका सञ्चालक समितिका सदस्य र कर्जा विभागका कर्मचारी समेत संलग्न रहेको भन्दै सीआईबीले राष्ट्र बैंकका कर्मचारीले दुई करोड लिएर उनलाई सफाई दिएको आरोप पनि लागेको छ । 

यस प्रकरणमा प्रभु बैंकका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी पनि पक्राउ परेका छन् । 

Advertisement

Advertisement