काठमाडौं । बेलायतका राजा चार्ल्सले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानकी पूर्वअध्यक्ष लाक्पा फुटी शेर्पालाई चिट्ठी पठाएका छन् । शेर्पाबारे लेखिएको पुस्तक पढेपछि त्यसबाट प्रभावित भएर राजा चार्ल्सले उनलाई चिट्ठी पठाएका जनाइएको छ ।
लाक्पा फुटी शेर्पाले आफ्नो बारेमा लेखिएको पुस्तक ‘फोर्टी एयर्स इन द माउन्टेन्स’ प्रकाशित भएको छ । उक्त पुस्तक राजा चार्ल्सनिकट साथी कोलिन ब्रुसका नेपालमा आएको बेला उनी र उनको छोरालाई शेर्पाले दुई प्रति उपहार दिएकी थिइन् । भेटमा नै ब्रुसकाले एउटा किताब आफूले राजा चार्ल्सलाई दिने बताएका थिए ।
ब्रुसकाले एउटा किताब राजालाई दिने बताएकाले शेर्पाले सो पुस्तक राजालाई समर्पण गर्ने भन्दै लेखेर पठाइन् । साथै, शेर्पाले राजा नेपाल आए आफूहरुले स्वागत गर्न चाहेको पनि लेखिन् । ब्रुसकाले लगेको पुस्तक आफ्नो हातमा परेसँगै राजा चार्ल्सले धन्यवादसहितको पत्र पठाए ।
शेर्पाले भनिन, ‘मेरो किताब बेलायतको राजाले पढेर मलाई चिट्ठी पठाउनुहुन्छ भन्ने मैले सपनामा पनि सोचेको थिइन् । मलाई विश्वास नै लागेको छैन् । मेरो बारेमा लेखिएको र मैले छोएर पठाएको किताब बेलायतको राजासम्म पुग्दा सुन्न पाउँदा निकै खुशी लागेको छ । गर्व महशुस भएको छ ।’
उनले थपिन्, ‘मेरो किताब हजारौं मानिसले किनिसके । कतिपयले उपहारको रुपमा पनि लिएर गए । तर यसरी राजाको तर्फबाट चिट्ठी आउनु ठूलो कुरा हो । मेरो लागि त ठूलो सम्मान हो । यसको लागि म राजालाई चार्ल्सलाई धेरै धन्यवाद दिन चाहान्छु । शेर्पाले बेलायती राजपरिवारप्रति आफ्नो पहिलेदेखि नै सम्मान रहेको बताइन् ।