काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारणसभा चैत १३ गते बस्ने भएको छ ।
सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।
सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव पेस गर्नेछ ।
सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज गरिसकेको छ ।
फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।