काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साधारण सभा बोलाएको छ ।
सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ ।
सभाले आव २०७७/७८ र २०७८/७९ का लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर जारी र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्नेछ ।
त्यस्तै, आव २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन वासलात, नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरण अनुमोदन र पारित गर्ने एजेन्डा रहेको छ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख १९ गते देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार वैशाख १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।