‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन मेयर बालेन फ्रान्स प्रस्थान

Advertisement

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन् ।

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन उनी फ्रान्स प्रस्थान गरेका हुन् ।

Advertisement

कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणमा फेस्टिभलमा सहभागी हुन शाह मंगलबार बिहान २ः१५ बजेको विमानबाट त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । 

टोलीमा प्रमुख शाहसँगै उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहेका छन् । 

१२ दिनसम्म चल्ने फेस्टिभलमा मेयर बालेन ३ दिन कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने बताइएको छ ।

Advertisement

Advertisement