विद्युतीय पोल हटाउँदै प्राधिकरण, पोलमा जडित संरचना र उपकरण अनिवार्य हटाउनुपर्ने

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विद्युतीय पोल हटाउने भएको छ । 

प्राधिकरणले निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका क्षेत्रमध्ये पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकली–त्रिपुरेश्वर, कालिमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुशी टाउन प्लानिङबाट विद्युतीय पोल हटाउने भएको हो । 

Advertisement

उक्त भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिनभित्रमै सञ्चालनमा ल्याइने भएकाले उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युतीय पोल क्रमैसँग हटाइने हुँदा त्यहाँ जडित इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडकबत्तीलगायतका संरचना एवं उपकरण ६ महिनाभित्र अनिवार्य हटाई वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।

साथै, तोकिएको समयभित्र उपकरण नहटाएमा प्राधिकरण जिम्मेवार नहुने पनि प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ । 

undefined
 

Advertisement

Advertisement