मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयनमा आयो (नयाँ निर्देशनसहित)

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत जेठ ४ गते सार्वजनिक गरको आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आजदेखि कार्यान्वयनमा आएको छ । 

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हिजो साँझ एकीकृत निर्देशन २०८० मा संशोधनसहित नयाँ निर्देशन जारी गरेपछि तेस्रो त्रैमासिक समीक्षामा उल्लेखित व्यवस्था कार्यान्वयनमा आएको हो । 

बैंक तथा वित्तीय संस्थाहरुको पूँजीकोष थप सुदृढ गर्न अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने, विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरिने, घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने, ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने र चाँदी आयात तथा विक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने जना नीतिगत १० बुँदे नीतिगत व्यवस्था गरिएको राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षामा उल्लेख गरेको थियो । 

मौद्रिक नीतिको त्रैमासिक समीक्षामा लचिलो कार्यदिशालाई निरन्तरता (१० नीतिगत व्यवस्थासहित)

यस्तो छ नयाँ निर्देशन

undefinedundefinedundefinedundefinedundefined


 

Advertisement

Advertisement