काठमाडौं । सरकारले व्याजअनुदानमा आधारित सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपियाँ बजेट छुट्टाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
यस्तै, उनले यस्तो कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यविधि पुनरावलोकन गरिने पनि बताए ।