दुर्घटना बीमा निर्देशिका संशोधन, अभिकर्ता प्रयोग नगरी बीमा गरेमा पाँच प्रतिशत छुट

Advertisement

काठमाडौं । अब अभिकर्ता प्रयोग नगरी सिँधै कम्पनीमा गएर सामुहिक दुर्घटना बीमा गरेमा बीमितले बीमाशुल्कमा पाँच प्रतिशतसम्म छुट पाउने भएका छन् । 

नेपाल बीमा प्राधिकरणले बिहीबार दुर्घटना बीमा निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

Advertisement

हुलदंगा तथा आतंकवाद जोखिमको बीमाशुल्क बाहेकको बीमाशुल्कमा  यस्तो छुट दिने नीति ल्याइएको हो । अभिकर्ता कमशिन बराबर वा पाँच प्रतिशत रकम छुट प्रदान गरिने संसोधित निर्देशिकामा उल्लेख छ ।

‘सामुहिक दुर्घटना बीमा अन्तरगत जारी गरिने बीमालेखमा बीमा अभिकर्ताको प्रयोग नगरी प्रत्यक्ष बीमालेख बिक्री गरिएको अवस्थामा हुलदंगा तथा आतंकवाद जोखिमको बीमाशुल्क बाहेक अन्य बीमाशुल्कमा बढीमा अभिकर्ता कमिशन बराबरको रकम वा पाँच प्रतिशत रकम छुट प्रदान गर्न यस दफाले बाधा पर्याएको मानिने छैन,’ निर्देशिकामा भनिएको छ । 

यस्तै, दुर्घटनाको कारण बीमितको औषधी उपचार गर्दा खर्च भएमा  बीमकले बीमांक रकम वा एक लाख रुपियाँमा वा बिल भरपाईमा जुन कम हुन्छ, सोहीअनुसार भुक्तानी दिने नीति पनि ल्याइएको छ । 

Advertisement