बजेट पछिको दुई दिनमा ४३.७० अंकले घट्यो शेयर बजार, नेप्से २०६९.५३ अंकमा

Advertisement

काठमाडौं । आगामी बजेट सार्वजनिक भएपछि शेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । दुई दिनमा बजार ४३.७० अंकले तल झरेको छ । 

यसैक्रममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.८९ अंकले तल झरेको हो । ०.९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६९.५३ अंकमा झरेको छ । 

Advertisement

समग्रमा बजार घटे पनि वित्त ०.१५, हाइड्रो ०.४९ र उत्पादनमूलक समूह १.२३ अंकले बढेका छन् । होटल समूह सबैभन्दा बढी २.५३ अंकले घटेको छ । 

undefined

आज ३११ कम्पनीका ९८ लाख ६४ हजार ४ सय ८२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १ सय ९५.६५ रुपियाँ बराबरको कारोबार भएको छ । 

नेप्से समग्रमा तल झरे पनि विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ५ प्रतिशत बढी नाफा कमाएका छन् । नेपाल फाइनान्स, अपर लोहोरे हाइड्रो, भगवती हाइड्रो, मनकामना इन्जिनियरिङ हाइड्रो र यूनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताहरुले क्रमशः १०, ,१०, १०, ९.९८ र ९.५० प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै पोखरा फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ४५ लाख ७० हजार ४ सय ५१.१० रुपियाँ बराबरको कारोबार एको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २२.१४ अंकले बजार घट्दा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४ सय ७१.७० रुपियाँ, सोमबार ३.९३ अंकले बजार उचालिंदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १ सय ४३.९३ रुपियाँ र हिजो बुधबार २३.८१ अंकले बजार ओरालो लाग्दा  ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २ सय ७४.३९ रुपियाँ बराबरको कारोबार भएको थियो । 

मंगलबार गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।
 

Advertisement

Advertisement