मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते

Advertisement

काठमाडौं । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

आज बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । 

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख५५१५ नम्बरको यात्रुबाहक बसको अगाडिको पट्टा भाँचिदा मनहरीमा बस अनियन्त्रित भइ दुर्घटना भएको हो ।

बस सडकको दाहिने साइडको नालीमा पर्न गई कोल्टे हुँदा बसमा सवारमध्ये ११ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने र नौ जनालाई उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 

बसचालक प्रहरीको नियन्त्रणमा रहेका छन् । साथै, दुर्घटनास्थलबाट बस बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

Advertisement

Advertisement