काठमाडौं । युरोपेली युनियन (ईयू) को उडान सुरक्षा चासो (कालोसूची) मा नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्र पुनः दोहोरिएको छ ।
ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ । ३० मे २०२४ मा युनियनले अपडेट गरेको नयाँ सूचीमा नेपाल कालोसूचीमै रहेको छ ।
ईयूको उडान सुरक्षा चासोको सूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका दर्ता भएर सञ्चालनमा सबै वायुसेवा कम्पनीहरू दोहोरिएका छन् ।
ईयूले हरेक ६,६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ ।