नेपालमा आइसल्याण्डको वाणिज्य दूतावास उद्घाटन, अवैतनिक महावाणिज्यदूतमा विदुषी राणा

Advertisement

काठमाडौं । नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा  विदुषी राणाको नियुक्तिको उत्सव र काठमाडौंस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा होटल याक एण्ड यतिमा सम्मान समारोह आयोजना गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सो अवसरमा सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा नवनियुक्त महावाणिज्यदुत राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्याण्डको सहयोगको लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

Advertisement

कार्यक्रममा आइसल्याण्ड गणतन्त्रका राजदूत महामहिम गुड्नी ब्रागासनले नेपाल र आइसल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने बताए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, सांसदहरु, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर र विभिन्न देशका राजदूतहरुको उपस्थिति रहेको थियो । नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका प्रमुख लगायत उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहित व्यवसायीहरुको उपस्थिति थियो ।  

undefined

काठमाडौंमा नयाँ वाणिज्य दूतावासको उद्घाटनले नेपाल–आइसल्याण्ड सम्बन्धमा नयाँ अध्यायको सङ्केत गरेको छ, जसको उद्देश्य सहज कूटनीतिक अन्तरक्रिया र द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । 

Advertisement

Advertisement