स्टार्ट अप नीति पारित भएपछि महासंघले गर्यो नीति संबाद कार्यक्रम

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ ।

आज महासंघमा आयोजित  कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफलपछि मन्त्रीपरिषदले पारित गरेको छ ।

Advertisement

विकरित देशहरुमा स्टार्टअप स्थापित भए संगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविक हो । किनकी, व्यवसायमा नयाँ सोचहरुको प्रार्दुभाव भैरहेका र सानो सानो लगानीमा नयाँ बिचारका साथ केही व्यवसायहरु उदाउदै गर्दा तिनको संचलन कसरी र केका आधारमा भै रहेका छन् भन्ने राज्यको चासो संगै “स्टार्टअप” को परिभाषा र त्यसको नीतिका बारेमा छलफल भए र “स्टार्टअप नीति” विकास गर्ने प्रक्रियाले थालनी पाउँदै रोकिदै गत जेठ २ गते मन्त्रिपरिषदबाट पारित भयो । 

नीति आउनु महासंघ तथा समग्र निजी क्षेत्रका लागि अतिनै महत्वपूर्ण छ, किनकी यसका लागि महासंघले अनवरत रुपमा बिभिन्न तवरबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउँदै पनि आएको थियो । सो नीति आएको खुशियालीमा महासंघले उक्त नीतिले अंगिकार गरेका लक्ष्य, उद्देश्य, परिभाषा, रणनीति, कार्यनीति र कार्यक्रमका बारेमा महासंघका अध्यक्ष ढकालको अध्यक्षता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जिवलाल भुषालको आतिथ्यतामा बुधबार महासंघमा नीति संबाद आयोजना गरिएको हो ।    

नीति सम्बाद कार्यक्रमका अध्यक्ष तथा महासंघ अध्यक्ष ढकालले स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो ईतीहासलाई जोड्दै नीति ल्याउन लामो समय देखिको महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरुबाट निकै खारीयर आएकोले स्टार्टअप व्यवसायका लागि महत्वपूर्ण हुने बिचार व्यक्त गरे । 

त्यस्तै, सहसचिव जिवलाल भूषालले नीतिले अंगिकार गरेकोे स्टार्टअपको परिभाषा र स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तर सम्बन्धहरु, स्टार्टअप बर्ष २०३० र स्टार्टअप कर्जाहरुका बिषयमा प्रकाश पारेका थिए ।  

कार्यक्रमका अन्य वक्ताहरुमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्धय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, औद्योगीक व्यवसाय विकास प्रतिष्ठनका कार्यकारी निर्देशक उमेश कुमार गुप्ता लगाएत थिए । सबैले स्टार्टअप नीति २०८०, स्टार्टअप कर्जा संचालन कार्यबिधि २०८० र अहिले कार्यान्वयन भै रहेको कर्जा वितरणको अन्तिम अवस्थाहरुका बारेमा आ–आफ्ना बिचारहरु व्यक्त गरे ।   

कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दे महासंघका केन्द्रीय सदस्य एवं वर्तमान स्टार्टअप एण्ड ईन्नोभेशन फोरमका सभापती जूना माथेमाले नीति आउनु स्वागतयोग्य रहे पनि प्रचार प्रसार झनै महत्वपूर्ण रहेको जानकारी दिए । 
 

Advertisement

Advertisement