हकप्रद जारी गर्न ग्लोबल इक्विटी फन्डले बोलायाे साधारणसभा

Advertisement

काठमाडौं । ग्लोबल इक्विटी फन्ड लिमिटेडले विशेष साधारणसभा डाकेको छ । 

सभा, असार ७ गते शुक्रबार ललितपुरको सानेपामा बिहानको १० बजेदेखि सुरू हुनेछ । 

Advertisement

कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने, सञ्चालकको संलग्नता रहेको कम्पनीसँगको कारोबारको स्वीकृति दिने र कम्पनी ऐन, २०६३ को दफा ६० बमोजिम रणनीति पेस गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद शेयर जारी गर्नेबारे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Advertisement

Advertisement