सिजीको ‘टिसिएल’ टिभी किन्दा १ लाख ६३ हजारसम्म छुट

Advertisement

काठमाडौं । आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेटलाई मध्येनजर गर्दै टिसिएलका टिभी किन्दा १ लाख ६३ हजारसम्म क्यासब्याक पाइने भएको छ ।  

संसारको नम्बर १ गुगल टिभी टिसिएलका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले ‘गो बिग, गो टिसिएल’ भन्ने नारासहित विश्वकपको अवधीभरका लागि यो योजना ल्याएको हो । 

Advertisement

नेपाली बजारमा हाल टिसिएलका ३२ देखि ९८ इन्चसम्मका टिभी उपलब्ध छन् । यो अवसरमा कम्पनीले न्यूनतम ५ हजार ४ सय देखि अधिक्तम १ लाख ६३ हजार ३ सयसम्म क्यासब्याक दिने सिजी इलेक्ट्रोनिक्सका डेपुटी जनरल म्यानेजर बिष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । 

‘क्यासब्याक त छँदैछ । यो बाहेक हामीले टिभी खरिद गर्ने प्रत्यक ग्राहकलाई जर्सी पनि प्रदान गर्छौ,’ उनले भने । 

टिसिएलका जुनसुकै टिभीमा ३ वर्षको वारेन्टी हुने कम्पनीले जनाएको छ । किस्ताबन्दीमा टिभी किन्न चहानेका लागि कम्पनीले नबिल, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, माछापुछ्रे बैंकसँग सम्झौता गरिसकेको छ । 

नेपालभर रहेका टिसिएलका ३०० मध्य जुनसुकै डिलरमा सम्पर्क गरेर सहजै किस्ताबन्दीमा टिभी खरिद गर्न सकिने ज्ञवालीले बताए । ग्राहकले आफ्नो सहजता अनुसार ६, १२ वा १८ महिनाको किस्ता रोज्न सक्ने छन् । किस्तामा टिभी किन्दा कुनैपनि प्रकारको ब्याज नलाग्ने उनले जानकारी दिए । 

null

 

Advertisement

Advertisement