टीआईएमा विमान दुर्घटना र उद्धारको अभ्यास गरिँदै, नियमित उडान प्रभावित हुने

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा आज (जेठ २८ गते) विमान दुर्घटना र उद्धारसम्बन्धी अभ्यास गर्ने भएको छ ।

क्यानले एक सूचना जारी गर्दै दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा विमानस्थल संकटकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासमध्ये एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्टसम्बन्धी पूर्णकालीन अभ्यास हुने जनाएको छ ।

Advertisement

यस अभ्यासको उद्देश्य दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थ छिटोभन्दा छिटो सुचारु गराउने रहेको क्यानले जनाएको छ । 

अभ्यासका क्रममा दिउँसो १ देखि साढे १ बजेसम्म गरिने अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँ आउनुका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तस्ीव्रता आउने बताइएको छ । सो सोही समयमा नियमित उडानसमेत प्रभावित हुने क्यानले जनाएको छ । 
 
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को मापदण्ड तथा एयरपोर्ट इमर्जेन्सी प्लानअन्तर्गत उक्त कार्यक्रम गर्न लागिएको बताइएको छ । 

undefined

Advertisement

Advertisement