यी दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मल्टीपर्पस फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेका छन् । 

श्री इन्भेस्टेमन्टले ३७ हजार १३६ कित्ता शेयर बिक्रीमा राखेको छ । यस शेयरमा संस्थाका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । 

Advertisement

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा खरिद निवेदन दिनुपर्नेछ । 

शेयरको मूल्य बिक्रेता र खरिदकर्ताको आपसी समझदारीमा हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, मल्टीपर्पस फाइनान्सले एक हजार ३९४ कित्ता शेयर बिक्रीमा राखेको छ । 

यसमा पनि संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक शेयरधनीले ३५ दिनभित्र कम्पनीसचिवको कार्यालयमा खरिद गर्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उल्लिखित कम्पनीहरुको शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ । 
 

Advertisement

Advertisement