कालोधन सेतो बनाउन खोजेपछि एक मर्चेण्ट बैंकरलाई १० लाख जरिवाना, दुईलाई ५०–५० हजार

Advertisement

काठमाडौं । अवैध सम्पत्तिलाई वैध बनाउन खोजेपछि एक मर्चेण्ट बैंकरलाई १० लाख रुपियाँ जरिवाना गरेको खुलासा भएको छ । 

नेपाल धितोपत्र बोर्डले सो कसूरमा एक मर्चेन्ट बैंकरलाई १० लाख रुपियाँ जरिवाना तिराएको हो । बोर्डले उक्त मर्चेण्ट बैंकरको नाम भने गोप्य रोखेको छ । 

Advertisement

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को व्यवस्थाको परिपालना नगरेकाले उक्त संस्थालाई कारवाही गरेको बोर्डको भनाइ छ । 

सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ अनुसार उक्त मर्चेण्ट बैंकरलाई जरिवाना गरिएको बोर्डको एक दस्तावेजमा देखिएको छ । बोर्डले तयार गरेको चालु आर्थिक बर्ष २०८०–८१ को बैशाख मसान्तसम्मको प्रगति विवरणसम्बन्धी तथ्यांकमा यो उल्लेख छ । 
 
यस्तै, दुई धितोपत्र दलाल व्यवसायीलाई पनि ५०–५० हजार जरिवाना गरिएको छ । एक धितोपत्र दलाल व्यवसायी अर्थात् ब्रोकरले नियम विपरित शेयर हस्तान्तरण गरेपछि ५० हजार रुपियाँ जरिवाना गरिएको हो । अर्को एक ब्रोकरले नियम विपरती सेयर कारोबार गराएको देखिएपछि ५० हजार रुपियाँ जरिवाना गरेको बोर्डको भनाइ छ । 

यसैगरि एक रेटिङ कम्पनीलाई पनि ५० हजार जरिवाना गरिएको छ । क्रेडिट रेटिङ नियमावली, २०६८ को व्यवस्था विपरित आफ्नो मुख्य शेयरधनी सम्बद्ध कम्पनीहरूको रेटिङ कार्य गरेकोले उक्त रेटिङ कम्पनीलाई कारवाही गरेको बोर्डको भनाइ छ ।

Advertisement

Advertisement