भरतपुर विमानस्थलमा श्री एयरलाइन्सको ८० सिट क्षमताको विमानको परीक्षण उडान

Advertisement

काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा श्री एयरलाईन्सको अत्याधुनिक क्यानाडामा निर्मित क्यु ४०० ड्यास ८ विमानबाट पहिलो पल्ट परीक्षण उडान सम्पन्न भएको छ । 

क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडाबाठ निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमानको उक्त विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको हो । 

Advertisement

सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सिआरजे २०० तथा ७० सिट क्षमताको २ वटा सिआरजे ७०० जेट विमानहरुबाट श्री एयरलाइन्सले नेपालको विभिन्न गन्तव्यमा नियमित उडान संचालन गरिरहेको छ । 

सिआरजे २००–७०० तथा क्यु ४०० ड्यास ८ विमानहरुबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरुमा र पर्वतीय उडान सेवा संचालन गरिरहेको छ ।

परीक्षण उडान पश्चात नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत पाएपछि नियमित उडानहरु संचालन गरिने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement