यी ब्राण्डले पाए अटो शोमा प्रिमियम स्टल

Advertisement

काठमाडौं । नाडा अटो शो २०२४ को स्टलको टुङ्गो लागेको छ । नाडाले आज गोलाप्रथामार्फत स्टलको ट्ङ्गो लगाएको हो । गोला प्रथा अनुसार नेपालमा चलेका ब्राण्डले प्रिमियम स्टल हात पारेका छन् । 

अटो शोको सबैभन्दा प्रिमियम स्टल ए१, ए२, ए३ र ए४ टाटा, हुण्डाई, निटा र स्काईवेल ब्राण्डले पाएका छन् । यी मध्ये सबैभन्दा प्रिमियम ब्राण्ड स्काईवेल हो। 

Advertisement

त्यस्तै बि५, ए६, ए७, सि८ क्रमश आयोन, सेरेस, डोङफेङरनामी र लिप मोटर्सले पाएका छन् । त्यसैगरी, ए९, ए१०, बि११, जि१२ स्टल रिद्धरा, किया, सिट्रोन र एक्स–पेन्जले पाएका हुन् । 

भदौ ११ गतेदेखि १७ गतेसम्म चल्ने यो एक्पोका स्टल बुकिङ गर्न नाडाले जेठ ३१ देखि आसार ५ गतेसम्मको समय तय गरेको थियो । 

नाडा अटो शोमा दुई पांग्रे तथा चार पांग्रे सवारी साधनका साथै स्पेयर पाट्स, लुब्रिकेन्ट, बैंक तथा वित्तीय संस्था लगायत गरेर ८० भन्दा बढी स्टल रहने छन् ।

null

Advertisement

Advertisement