बिजुली गाडीको आयात ३ गुणा बढ्यो, ११ महिनामा ११ हजार बढी भित्रिए

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्म ११ हजार भन्दा धेरै विद्युतीय गाडी (ईभी) आयात भएका छन् । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा ११ हजार ४ सय ६६ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका हुन् । 

Advertisement

भन्सारका अनुसार यो अवधिमा २९ अर्ब ४ लाख ५७ हजार रुपियाँका बिद्युतीय गाडी भित्रिए भने यसबाट १३ अर्ब ६ करोड ७५ हजार रुपियाँ राजश्व संकलन भएको छ । 

यी गाडी चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी, अमेरिका र जर्मनीबाट आयात भएका हुन्।आयात भएका विद्युतीय गाडी मध्ये आधा भन्दा धेरै ५१ देखि १०० किलोवाटसम्म मोटर क्षमताका छन्  । तथ्याङ्क अनुसार यो मोटर क्षमताका मात्र ६ हजार ८ सय ८५ वटा गाडी आयात भएको हो । 

यो तथ्याङ्क गत वर्ष भन्दा झण्डै ३ गुणा धेरै हो । गत आर्थिक वर्ष २०७९–्८० को ११ महिनामा ३ हजार ८ सय ७० वटा मात्र विद्युतीय गाडी भित्रिएका थिए ।  
 

Advertisement

Advertisement