बजेटले देश आर्थिक विकासको नयाँ चरणको घोषणा गरेको प्रधानमन्त्रीको दावी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रश्तुत गरेको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामुलक रहेको दावी गरेका छन् । 

मंगलावार संसदमा उनले बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तिब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताए । 

Advertisement

सोहीअनुरुप श्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली, मधेस, सुदूरपश्चिम लगायतका क्षेत्रमा विशिष्टताका आधारमा रुपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको दाहालले बताए । 

उनले भने, ‘बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तिब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।’ दाहालले सरकारले आगामी दिनमा थप संवेदनशील भएर काम गर्ने दोहोर्याए । 

Advertisement

Advertisement