भरतपुर विमानस्थलको स्तरोन्नतिपछि त्यस क्षेत्रको कनेक्टीभिटीमा थप सुलभता हुनेछ: मन्त्री तामाङ

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले भरतपुर विमानस्थलको स्तरोन्नती गर्ने कार्य तीव्र गतिमा भईरहेको  बताएका छन् । उक्त कार्य सम्पन्न भएपछि यस क्षेत्रको कनेक्टीभिटीमा थप सुलभता हुने विस्वास पनि व्यक्त गरे । 

चितवनमा होटल मुनाल एण्ड मयुरको उद्घाटन गर्दै उनले त्यहाँ नयाँ टर्मिनल भवन बनिरहेको र छिट्टै यो स्तरोन्नतीको काम सकिने बताए । मन्त्री तामाङले अब एक महिना भित्रै भरतपुर विमानल्थलमा श्री एयरलाईन्सले पनि उडान शुरु गर्न लागेको र त्यसपछि भने सेवाग्राहीहरुको हवाई भाडा समेत घट्ने आशा व्यक्त गरे । 

Advertisement

यसअघि बुद्ध एयरले मात्रै उडान गर्दै आईरहेको थियो । यसैगरी उनले पर्यटकहरुलाई आकर्षित गर्न विगतमा राजाहरुले प्रयोग गर्ने गरेको दियालो बंगला पनि सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए । 

पर्यटकहरु घुम्न, अध्ययन गर्नसहित विभिन्न उद्देश्यले पनि आउने भएकाले उनीहरुलाई आवश्यक पर्ने सुविधा दिन होटल व्यवसायीहरु लागि पर्नु पर्ने बताए ।


 

Advertisement

Advertisement