जुन महिनामा ७६ हजार पर्यटक भित्रिए, कुन देशबाट कति ?

Advertisement

काठमाडौं । जुन महिनामा ७६ हजार ७ सय ३६ जना पर्यटक नेपाल भित्रिएका छन् ।

भारतबाट ३७ हजार ८ सय ३५, अमेरिकाबाट ८ हजार २ सय ८१, चीनबाट ७ हजार ४ सय ९४, बंगलादेशबाट ३ हजार ८ सय ५७, बेलायत (युके) बाट एक हजार ९ सय ६९, अष्ट्रेलियाबाट एक हजार ५ सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट ९ सय ५३ र दक्षिण कोरियाबाट ८ सय ७५ जना पर्यटक नेपाल भित्रिएका हुन् ।  

Advertisement

बोर्डका अनुसार जुन महिनामा गत वर्ष सन् २०२३ को जुन महिनामा ७२ हजार २ सय १६ जना पर्यटक भित्रिएका थिए । तथ्याङ्क अनुसार सोही गत महिना ७७ हजार २ सय ७९ जना पर्यटक नेपाल बाहिरिएका छन् । 

शीर्ष १० टुरिस्ट जेनरेटिङ मार्केटहरुमा पहिलो नम्बरमा भारत, दोस्रो अमेरिका, चीन, तेस्रो बंगलादेश, बेलायत (युके), अष्ट्रेलिया, भुटान, मलेसिया, जापान, दक्षिण कोरिया रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । 

Advertisement

Advertisement