प्रधानमन्त्री नहुँदै ओलीको प्रतिवद्धता– राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिन्छु

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेससँग कुनै पनि मन्त्रालयको भागबण्डा नभइसकोले को—को सरकारमा सहभागी बन्छन् ? सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए । 

आफ्नो पार्टीको सचिवालय बैठकमा बुधबार उनले काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए । ओलीले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरुलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताए । उनले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरुलाई स्थान निर्धारण गर्ने बताए । प्रधानमन्त्री नहुँदै ओलीले राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिने बताए । 

Advertisement

उनले भने, ‘मन्त्रालयको बाँडफाँड पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । कोको सरकारमा सामेल हुने भन्नेकुरा साधारणतया हैसियतको आधारमा, काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरुलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ । राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेनौँ भने आयात त वृद्धि भइरहने भयो । निर्यात हुने नै एन । व्यापार सन्तुलनका कुरा नै अवरुद्ध हुन्छन् । सबै कुरा निर्भर गर्दछ, राष्ट्रिय उत्पादन वृद्धिले ।’ 

ओलीले थपे, ‘हाम्रो अहिले उद्यमशीलतामा ध्यान जानु,कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रीकीकरणमा जोड दिनु र व्यवसायिकतामा ध्यान दिनु, उद्यमशिलता, उद्योगीकरण, आधुनिकीकरण, प्रविधिको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो । उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनु आजको आवश्यकता हुन् । शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता हो । जनतालाई केन्द्र भागमा राखेर काम गर्नेछौँ ।’

उद्यमशीलतामा, कृषिमा आधुनिकीकरण र व्यवसायिकीकरण, यान्त्रिकीकरणमा ध्यान दिन जरुरी रहेको उनले बताए । अ‍ोलीले उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनुपर्ने पनि बताए । उनले जनतालाई केन्द्र भागमा राखेर काम गर्ने पनि बताए । 

Advertisement

Advertisement