विद्युत लाइन काटिएका सबै उद्योगमा तत्काल लाइन जडान गर्न ओलीको घिसिङलाई निर्देशन

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विद्युत लाइन काटिएका ठूला उद्योगहरुमा तत्काल लाइन जडान गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । 

शुक्रबार ट्रंकलाइनको महशुल विवादसम्वन्धमा छलफल गरी निकास खोज्न बोलाइएको सम्वद्ध पक्षहरुसहितको बैठकमा ओलीले घिसिङलाई लाइन जडान गर्न ठाडो निर्देशन दिएका हुन् । घिसिङले लोडसेडिङकालको विवादित महशुल नतिरेको भन्दै पाँच ठूला उद्योगमा लाइन काटेका थिए । 

Advertisement

आजको बैठकमा सहभागी एक उद्योगीका अनुसार घिसिङले सञ्चालक समितिको बैठक बसेर यथासिघ्र यो निर्णय गर्ने भन्दै महशुल विवाद भने थप अध्ययन गरी निष्कर्षमा पुग्ने कुरा भएको बताए । 

लामो समयदेखि विवादको विषय बन्दै आएको ट्रंकलाइनको महशुललाई प्राधिकरणले झन जटिल बनाउँदै लगेको छ । विषय जटिल बनेपछि सरकारको अध्ययन गरेर सुझाव दिन पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वको न्यायिक समिति पनि बनाएको थियो । उक्त समितिको सिफारिस हुबहु कार्यान्वयन गर्ने यसअघिको सरकारको मन्त्रिपरिषदले निर्णय गरे पनि पछि त्यसलाई उल्ट्याउने र फरक ढंगबाट कार्यान्वयन गर्ने, उद्योगीहरुलाई अल्टिमेटम दिने, लाइन काट्ने काम भएपछि ठूला उद्योगीहरु रुष्ट भएका छन् । 

प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली आजै जोड्न प्रधानमन्त्रीले निर्देशन दिएपछि घिसिङ नैतिक संकटमा परेका छन् । आजको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ एवम् मन्त्रालयका सचिवहरू सहभागी थिए । 

थिए । 

Advertisement