सांग्रिला होटलका संस्थापक पाण्डेको निधन

Advertisement

काठमाडौं । होटल संघ नेपाललका पूर्वअध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ । 

सांग्रिला होटलका संस्थापक तथा नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व पाण्डेको असामयिक निधनप्रति होटल संघ नेपालले गहिरो दुःख प्रकट गरेको हो । 

Advertisement

निजामती सेवा छोडेर सफल होटल व्यवसाय गरेका  स्व. पाण्डेले मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टहरुको सञ्चालन गरी अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा विशेष योगदान गरे वापत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक तथा सम्मानहरु पाएका छन् । 

स्वर्गिय पूर्वअध्यक्ष पाण्डेलाई होटल संघ नेपालले ह्यान हल अफ फेम सम्मानबाट २०२४ मा विभूषित गरेको छ । १९९१ देखि १९९३ सम्म होटल संघ नेपालको अध्यक्ष रहँदा स्व. पाण्डेले यस क्षेत्रको विकास र सम्वर्द्धनमा पुर्याएको योगदानहरुको स्मरण गर्दै सच्चा पर्यटन व्यवसायी गुमाएको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement