टर्कीद्धारा ईभीको उत्पादन क्षमता १० लाख युनिटसम्म पुर्याउन पाँच अर्ब डलरको प्याकेज प्रश्ताव

Advertisement

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले राष्ट्रिय उच्च प्रविधि प्रोत्साहन कार्यक्रम प्रश्तुत गरेका छन् । 

इस्तानबुलमा एक प्रक्षेपण कार्यक्रममा बोल्दै एर्दोगानले सरकारले अनुदान र कर प्रोत्साहनको एक श्रृंखलाको योजना बनाएको बताए । २०२४–२०२८ का लागि विद्युतीय सवारी साधन, ब्याट्री उत्पादन, अर्धचालक उत्पादन र नवीकरणीय ऊर्जामा लगानी बढाउन आग्रह गरे । 

Advertisement

कार्यक्रमको उद्देश्य अन्तर्राष्ट्रिय प्रत्यक्ष लगानीमा बलियो पुनरुत्थान र देशमा निजी क्षेत्रको लगानीमा कम्तीमा २० बिलियन डलर आकर्षित गर्ने रहेको बताए । 

टर्किले विद्युतीय सवारी साधन (ईभी)को आन्तरिक उत्पादन क्षमता प्रतिवर्ष कम्तिमा १० लाख युनिटसम्म पुर्याउन पाँच अर्ब डलरको प्रोत्साहन प्याकेज प्रश्ताव गर्ने बताए । सिन्ह्वा–नान
 

Advertisement

Advertisement