‘भ्रष्टाचारका फाइल खोलेको जस मलाई चाहिएन’ भन्दै लामिछानेद्धारा विश्वप्रकाशलाई जवाफ

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताएका छन् । 

सोमवारको प्रतिनिधि सभा बैठकमा उनले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैँले खोलेको र भ्रष्टचार पनि आफैँले गरेको हो भनेर स्वीकार्न आग्रह गरे । आइतबारको बैठक बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कान्तिपुरका सञ्चालककोबाहेक अरु फाइल लामिछानेले नखोलेको दावी गरेका थिए । 

Advertisement

लामिछानेले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरु आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए । उनले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाए । 

लामिछानेले भने,  ‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरुलै खोलेकै होइनौँ भन्नेकुराहरु आए । ठिक छ, तपाईंहरुले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन । काण्डहरु पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो । ३० औं वर्षमा यि काण्डहरु पनि आफैँले गरेको हो भनिदिए राम्रो हुन्थ्यो । फाइल तपाईंले नै खोल्नुभएको हो । तर बन्द नहुँदै ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास गर्नुभयो । जुन फाइलमा प्राण थियो । त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोशिस गरेका हौँ ।’

उनले आफू सरकारमा कुनैपनि पूर्वाग्रही रहेर काम नगरेको जिकिर गरे । 

Advertisement

Advertisement