काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाडौंस्थित र्याडिसन होटलमा विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौताम प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा र्याडिसन होटलका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै र्याडिसन होटलले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १०५ देखि २०५ सम्म भुक्तानी छुट पाउने छन् ।
बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।