पोखरा क्षेत्रका लागि दिपल गाडीको आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन

Advertisement

काठमाडौं । चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु बृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन अन्तरगतको हिमालय मोटर्स प्रालिलाई नियूक्त गरेको छ । 

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटर्सको शोरुममा गई दिपल गाडि बुकिङ्ग गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडि पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Advertisement

दिपलको एस ०७ र एल ०७ लगाएत अन्य मोडेलहरु उपलब्ध हुने बताईएको छ । गाडि बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साता भित्रै गाडि उपलब्ध गराईने कुरा कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ  एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडिको मुल्य ७४ लाख ९९ हजार रुपियाँ तोकीएको छ । सिंगल चार्जमा ४१० देखी ४८५ किमी रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपियाँ तोकेको छ ।

हिमालय अर्गनाईजेशन अन्तरगतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सका गाडिको लागि नेपालको आधिकारिक विक्रेता हो । विगत ३ दशक भन्दा बढी समयदेखि यस अर्गनाईजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहँदै आएको छ । यो समूहका अध्यक्ष ध्रुव थापा हुन् । 

Advertisement

Advertisement