फेदीखोला जलविद्युत आयोजना बनाउन राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने, आईपीओ यसै बर्ष

Advertisement

काठमाडौं । फेदीखोला (थुलुङ) जलविद्युत आयोजना (४.३) मेगावाट बनाउन राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ । फेदीखोला हाइड्रोपावर कम्पनी प्रा.लि. र बैंकबीच बिहीबार ऋण लगानीसम्वन्धी सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंक पूर्वाधार बैकिङ विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका प्रवन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरे । 

Advertisement

सम्झौताअनुसार कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं. ६ मा निर्माण भइरहेको फेदीखोला जलविद्युत् आयोजनामा ५० करोड ऋण लगानी गर्नेछ । 

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । यही साउन अन्त्यसम्म कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि स्वपँजीको ३० प्रतिशत (१३ करोड २० लाख) साधारण शेयर (आईपीओ) निष्काशनको तयारी गरिएको छ । यही आर्थिक बर्षभित्र यस्तो आईपीओ निष्काशन गर्ने योजना बनाइएको छ । 

आयोजनाको लागि आवश्यक जग्गा खरीद, कन्ट्रकसन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम घर, आवास गृह आदीको निर्माण सम्पन्न भएको र सभिल निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम भइसकेको कम्पनीले जानकारी दिएको छ । 

Advertisement