तोलामा २३ सयले घट्यो सुन, मंगलबारको कारोबार मूल्य कति ?

Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ७०० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

साेमबारको तुलनामा सुन तोलामा दुई हजार ३०० रुपियाँले घटेको छ । हिजो प्रतितोला सुन प्रतितोला १ लाख ५० हजार थियो । 

यता, चाँदी भने तोलामा ६० रुपियाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७२५ रुपियाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन तोलाको १ हजार ७ सय ८५ रूपियाँ थियो । 

Advertisement