‘हिमालयन रि’ थप बलियोः  इक्रा नेपालद्वारा इक्राएनपी-आईआर ‘ए’ प्लस रेटिङ

Advertisement

काठमाडौं । इक्रा नेपाल लिमिटेडले हिमालयन रि–इन्स्योरेन्सलाई (इक्राएनपी–आईआर) ‘ए’ प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीले रेटिङ् अपग्रेड गर्न दिएको प्रस्तावमा इक्रा नेपालले उक्त रेटिङ प्रदान गरेको हो । 

इक्रा नेपालले यसअघि हिमालयनलाई रिलाई (इक्राएनपी–आईआर) ‘ए’ माइनस रेटिङ दिएको थियो । इक्रा नेपालले अहिले पहिलाको भन्दा राम्रो रेटिङ प्रदान गरेको छ । कम्पनीले आफ्नो विश्वसनीयता सम्बन्धमा यस्तो रेटिङ गराएको थियो । इक्राले प्रदान गरेको रेटिङले कम्पनी विश्वसनीय नै भएको देखाएको छ । 

Advertisement

यो रेटिङ अनुसार कम्पनीले वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्षम रहेको देखिएको छ । कम्पनीमा क्रेडिट जोखिम कम भएको र विश्वसनीय भएको पनि संकेत गर्दछ । यसरी हिमालयन रि– इन्स्योरेन्स लिमिटेडको रेटिङमा सुधार भएको देखिन्छ । यसको वित्तीय स्थिति राम्रो भएको र भविष्यमा पनि समयमै आफ्नो दायित्वहरू पूरा गर्न सक्ने देखिएको छ । 

बिशेषगरी कम्पनीको सीईओमा उपासना पौडेल नियुक्त भएपछि कम्पनीको सबै प्रकृतिका सूचक बलियो बन्दै गएका छन् ।

null

भारतीय बीमा कम्पनीमा समेत काम गरेको अनुभव भएकी पौडेल २०८० असोजमा हिमालयन रि–इन्स्योरेन्सको सीईओमा नियुक्त भएकी थिइन्। त्यसअघि उनी कम्पनीमै डेपुटी सीईओ थिइन् । त्यसअघि उनले तत्कालीन युनाईटेड इन्स्योरेन्समा पनि सीईओ भएर काम गरेकी थिइन् । 

इक्राले विज्ञप्ति जारी गर्दै हिमालयन रि–इन्स्योरेन्सको व्यवसाय बढ्दै गएको, तरलता र पुँजीकरणको स्तरमा सुधार आएको, अनुभवी व्यवस्थापन टिम भएको, विदेशी बजारमा बढ्दो स्वीकार्यता भएको  र पर्याप्त सोल्भेन्सी भएको बताएको छ । 

गत आव २०८०–८१ को पहिलो ९ महिनामा कम्पनीले चार अर्ब ४१ करोड ३३ लाख रुपियाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको खुद बीमाशुल्क संकलन भने चार अर्ब १० करोड ७४ लाख रुपियाँ रहेको छ । त्योअनुसार कम्पनीको आफैसँग रहने बीमाशुल्कको अनुपात ९३ प्रतिशत रहेको देखिन्छ । 

कम्पनीको खुद बीमाशुल्क आम्दानी भने तीन अर्ब ४९ करोड ९ लाख रुपियाँ रहेको छ । कम्पनीको खुद बीमाशुल्क आम्दानीको तुलनामा दावी अनुपात ४६ प्रतिशत मात्रै देखिएको छ । अघिल्लो आवमा कम्पनीको यस्तो अनुपात ६३ प्रतिशत थियो । 

यो रेटिङ अनुसार कम्पनीले वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्षम रहेको देखिएको छ । कम्पनीमा क्रेडिट जोखिम कम भएको र विश्वसनीय भएको पनि संकेत गर्दछ ।

कम्पनीको सञ्चालक खर्चको १२ प्रतिशत र कमीशन खर्चको २५ प्रतिशत अनुपात छ । यसरी खुद बीमाशुल्क आम्दानीको तुलनामा कम्पनीको खर्चको अनुपात ८४ प्रतिशत छ । अघिल्लो आवमा यस्तो अनुपात १०१ प्रतिशत थियो । त्योअनुसार अघिल्लो आवमा कम्पनी सञ्चालन नोक्सानीमा थियो । 

तर, गत आवको ९ महिनामा भने कम्पनीको अन्डरराइटिङ (सञ्चालन) नाफा ५७ करोड १२ लाख रुपियाँ देखिएको छ । अघिल्लो आवमा त्यो तीन करोड ५३ लाख रुपियाँले घाटामा थियो । यसैगरि गत आवमा कम्पनीले लगानीबाट ७६ करोड ७२ लाख आम्दानी गरेको छ । 

समग्रमा समीक्षा अवधिमा कम्पनीले ९३ करोड ११ लाख रुपियाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा ६४ करोड ९४ लाख रुपियाँ थियो । तर, गत आवको ९ महिनामै कम्पनीले अघिल्लो आवको भन्दा पनि धेरै नाफा कमाएको देखिन्छ । ९ महिनाको नाफाको आधारमा कम्पनीले १०.८ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब रुपियाँ छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपियाँको न्यूनतम चुक्तापूँजी पुर्याउन कम्पनी ८० प्रतिशतको अनुपातमा हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ । अहिले नेपाली शेयर बजारमा यसको शेयर मूल्य प्रतिकित्ता ८४९ रुपियाँ पुगेको छ । पछिल्लो समय यस कम्पनीको शेयर खरिदमा लगानीकर्ताको आर्कषण पनि बढेको छ ।
 

Advertisement

Advertisement